काठमाडौं । आज साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल हुदै छ । फाइनल खेलमा नेपाल र बंगलादेश आमने सामने हुदै छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न २ः ३० बजेदेखि हुने भएको छ ।
नेपालले सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै बंगलादेशले भने सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
नेपाल र बंगालदेश यस प्रतियोगीताको एकै समुह ए मा रहेका थिए । समुह चरणको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।


