बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रकाश तामाङलाई छिट्टै नागरिकताको व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन

एक्सप्रेस पाना
भाद्र १२, २०८१ बुधबार
  • 205
    SHARES
  • प्रकाश तामाङलाई छिट्टै नागरिकताको व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं । ‘हेर्ने कथा’ बाट चर्चामा रहेका प्रकाश तामाङले नागरिकता पाउने भएका छन् ।

    images

    तामाङलाई सबैभन्दा पहिले नागरिकताको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राति नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्री ओलीका अनुसार गृह सचिव अर्यालले दुई–चार दिन भित्रमै नागरिक दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएका छन् । प्रधानमन्त्री ओलीले नागरिकता प्राप्त गरेपछि तामाङलाई आवश्यक सहयोग गर्ने विषयमा पनि छलफल भएको बताएका छन् । 

    images

    मंगलबार बिहान प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सो जानकारी गराएका हुन् । 

    उनले लेखेका छन्, "शुभ बिहानी !! हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो। नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई÷चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ।"