सोमबार, भाद्र २९ गते २०८३
images

नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसिपको उपाधि

एक्सप्रेस पाना
भाद्र १२, २०८१ बुधबार
  • 268
    SHARES
  • नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसिपको उपाधि

    काठमाडौं । नेपाललाई ४–१ गोल अन्तरले हराउँदै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

    images

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । 

    दोस्रो हाफमा  पनि नेपालले गोल बनाउन सकेन । खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे । 

    images

    नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरे । उनले ८१ औं मिनेटमा गोल गरे । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी टाइममा गोलका केही प्रयास पनि गरेको थियो  तर ९६ औं मिनेटमा बंगलादेशले नै गोल गर्दै जित सुनिश्चित गरेको हो । 

  • सम्बन्धित विषय:

  • # साफ यू–२० च्याम्पियनसिप