बिहीबार , कार्तिक २० गते २०८३
images
images

बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु २६ जना घाइत

एक्सप्रेस पाना
भाद्र १३, २०८१ बिहीबार
  • 345
    SHARES
  • बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु २६ जना घाइत

    काठमाडौं । बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, दाङको तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको हो। 

    बाँकेको जानकी गाउँपालिका–६ कोडारपुरस्थित नेपालगन्ज सडकखण्डको गनापुर भन्ने ठाउँमा भे १ ख २१२८ नम्बरको बस दुर्घटनामा परेको थियो। 

    images

    बस अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

    घाइतहरुकोेमध्ये २० जनालाई भेरी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जानकारी गराएको छ। ५ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा र १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको छ।