सोमबार, भाद्र २९ गते २०८३
images

टी–२० विश्वकपमा सहभागी खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने क्यानको निर्णय

एक्सप्रेस पाना
भाद्र १४, २०८१ शुक्रबार
  • 231
    SHARES
  • टी–२० विश्वकपमा सहभागी खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने क्यानको निर्णय

    काठमाडौं । आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ पुरस्कार उपलब्ध गराउने नेपाल क्रिकेट संघ (क्यान) ले  निर्णय गरेको छ ।

    images

    बिहीबार बसेको क्यानको कार्यसमिति बैठकले खेलाडीलाई प्रोत्साहन पुरस्कार स्वरुप प्रति खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने निर्णय गरेको हो । 

    यस्तै स्पोर्ट स्टाफलाई जनही १ लाख ५० हजार रुपैयाँले प्रोत्साहन भत्ता दिने निर्णय गरेको क्यानले जनाएको छ ।

    images

    त्यसैगरी बैठकले देशका सबै ७ प्रदेश क्रिकेट संघका कुल ३५ खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय समेत गरेको छ । निर्णयअनुसार प्रदेशबाट २ महिला र ३ पुरुष खेलाडीलाई मासिक जनही १५ हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउने छ ।

    बैठकले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोलीको सहभागी गराउने निर्णय गरेको छ । फ्रेन्चाइज टिमका लागि १६ वटा आवेदन परेको छ । क्यानको आफ्नै आयोजनामा हुन लागेको एनपीएल १५ मंसिरदेखि ६ पुसम्म हुने छ ।