शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी

एक्सप्रेस पाना
भाद्र १४, २०८१ शुक्रबार
  • 324
    SHARES
  • चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी

    काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिर्सी नियुक्त भएका छन् । 

    images

    बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

    चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस भएको थियो । 

    images

    चलचित्र बोर्डको अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धरले पनि आवेदन दिएकोमा प्रस्तुतीको आधारमा ३ जनाको सर्टलिस्टमा पर्न सक्नुभएन । आवेदन दिएकामध्ये सिफारिस भएका ३ जनासँगै मानन्धर, प्रकाश भट्टराई र अर्जुनकुमार डंगोलसहित ६ जनाको आवेदन स्वीकृत भएको थियो ।

  • सम्बन्धित विषय:

  • # चलचित्र विकास बोर्डको अध्यक्ष
  • # दिनेश डिसी