बिहीबार , कार्तिक २० गते २०८३
images
images

अविरल वर्षाका कारण डुम्रे–बेँसीसहर सडक अवरुद्ध

एक्सप्रेस पाना
भाद्र १६, २०८१ आइतबार
  • 272
    SHARES
  • अविरल वर्षाका कारण डुम्रे–बेँसीसहर सडक अवरुद्ध

    काठमाडौं । पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । 

    images

    अविरल वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा आइतबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    सडकमा लेदोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ । पानी निरन्तर रूपमा परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सडक अवरुद्ध भएपछि सवारीसाधन अलपत्र परेका छन् ।

    images

    यो स्थानमा विगत तीन वर्षअघिदेखि बर्सेनि पहिरो खस्न थालेको हो । बेँसीसहरबाट तनहुँ–काठमाडौँ–पोखरा–चितवनलगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रीलाई समस्या भएको छ । साथै यस सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्दछन् ।