काठमाडौं । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले पदभार ग्रहण गरेका छन्।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव अर्यालले पद बहाली गरेका हुन्।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्यालले मुख्य सचिव नियुक्त गरेको थियो। उनी यसअघि गृह सचिवको रुपमा कार्यरत थिए।
मुख्य सचिव अर्यालले सार्वजनिक सेवा तथा विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन्।
.jpg)


