काठमाडौं । केहि दिन आगाडी सम्म आफ्नो घर परिवार भेटेका प्रकाशको नागरिकता बनाइएको छ ।
उनले नागरिकता नभएका कारण दुख पाएका थिए । केहि दिन अघि ’हेर्ने कथा’मार्फत परिवारसँग पुनर्मिलन भएका प्रकाश मोक्तानलाई भोजपुरको षडानन्द नगरपालिकाको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।
षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले मोक्तानलाई नागरिकता हस्तान्तरण गरेका हुन् ।
प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहल गरेका थिए । वर्षाैंपहिले करिब १० वर्षको उमेरमा झापाबाट कामको खोजीमा काठमाडौं आएका प्रकाश हराएर गोरखाको एक गाउँस्थित साहुको घरमा काम गर्दै आएका थिए ।
नागरिकता लिएर उनी काठमाडौँ आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने बताइएको छ ।
.jpg)


