काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ।
निरन्तर वर्षाका कारण भिजिविलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
प्रतिकूल मौसमका कारण आन्तरिकततर्फ पोखरा, भरतपुर र सिमारा विमानस्थल दिउँसोसम्म पनि बन्दछन्।
आन्तरिकतर्फ पनि इन्ट्रयुमेन्ट फ्लाइट रुल्स(आइएफआर) उडान मात्रै भइरहेको विमानस्थलले जनाएको छ। पोखरा विमानस्थलको भिजिविलिटी कमजोर हुँदा काठमाडौँ–पोखरा कुनैपनि उडान भएको छैन। पोखरा–काठमाडौँ मात्र दुई उडान भएको छ।
मौसमका कारण भरतपुर, पोखरा र नेपालगञ्जको क्षेत्रीय उडान समेत प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए। यस्तै काठमाडौँबाट तुम्लिङटारको उडान पनि रद्द भएको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनुसुनी वायुको प्रभाव छ।
.jpg)


