सोमबार, कार्तिक १७ गते २०८३
images
images

कुशे औँसीको अवसरमा गोकर्णेश्वरमा पितृकार्यका लागि भक्तजनहरूको घुइँचो

एक्सप्रेस पाना
भाद्र १७, २०८१ सोमबार
  • 268
    SHARES
  • कुशे औँसीको अवसरमा गोकर्णेश्वरमा पितृकार्यका लागि भक्तजनहरूको घुइँचो

    काठमाडौं । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा ल्याएर मनाउँदै छन् ।

    images

    शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

    कुशे औँसीलाई बाबुको मुख हेर्ने दिनको रूपमा पनि मनाइन्छ । छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

    images

    आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा पितृकार्यका लागि भक्तजनहरूको घुइँचो लागेको छ ।

  • सम्बन्धित विषय:

  • # कुशे औंसी