काठमाडौं । साफ यू२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेका नेपाली राष्ट्रिय टोलीका सदस्यले जनही ६५ हजार ४० रुपैयाँ पाएका छन् ।
अखिल नेपाल फुटबल संघका अनुसार पुरस्कारबापत ५० हजार र टिकटबाट उठेको रकमबाट हरेक खेलाडीले १५ हजार ४० रुपैयाँ पाएका हुन् ।
एन्फा कार्य समिति बैठकले उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ र टिकट बाट उठेको रकमको २० प्रतिशत दिने निर्णय गरेको थियो ।
प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार तथा सहायक प्रशिक्षकहरू सचिन्द्र धिमाल र राजुसिंह महर्जनले पनि जनही २५ हजार रुपैयाँ पाएका छन् ।
टीम म्यानेजर रविन खड्का र फिजियो अनिश बुढाथोकीलाई पनि २५र२५ हजार रुपैयाँ प्रदान गरिएको छ ।


