काठमाडौं । चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को टिजर सार्वजनिक भएको छ ।
दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा रहेको चलचित्रको टिजर मंगलबार सार्वजनिक गरिएको हो ।
टिजरमा पहाडी र मधेशी समुदायका युवा र युवतीको प्रेम, रहनसहर र मेलमिलापबारे प्रस्तुत गरिएको छ । चलचित्रमा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य भुमिकामा रहेका छन्।
चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, कौशल्या ठाकुर, रीना रिमाल, ललिता देवी मिश्र, रूपेश मण्डल लगायतको अभिनय छ।


