सोमबार, कार्तिक १७ गते २०८३
images
images

तीजको ३ दिनसम्म पशुपति क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ बेचबिखन तथा सेवन गर्न निषेध

एक्सप्रेस पाना
भाद्र १९, २०८१ बुधबार
  • 318
    SHARES
  • तीजको ३ दिनसम्म पशुपति क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ बेचबिखन तथा सेवन गर्न निषेध

    काठमाडौं । हरितालिका तीजको ३ दिनसम्म पशुपति क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ बेचबिखन तथा सेवन गर्न निषेध गरिएको छ ।

    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै सो क्षेत्रमा भदौ २० देखि २२ गतेसम्म मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको हो ।


    तीजलाई मर्यादित, व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न र पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्न चार किल्लामा उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको सूचनामा उल्लेख गरिएको छ । 

    images

    कसैले यसको विपरित कार्य गरे कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

    dao-kathmandu-848x1200.jpg

  • सम्बन्धित विषय:

  • # पशुपति क्षेत्र
  • # हरितालिका तीज