असोज १८ काठमाडौं । श्रीलंकाविरुद्ध पहिलो हाफ समाप्तीमा नेपालले १–० का अग्रता लिएको छ । माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफ समाप्त हुँदा १–० का अग्रता बनाएको हो ।
नेपालको लागि मिडफिल्डर सुमन लामाले गोल गरेका छन् । श्रीलंकाविरुद्ध नेपालको अट्याक लाइन सम्हालेका सुमनले खेलको ३१ मिनेटमा गोल गरेका हुन् । सुमनले नवयुग श्रेष्ठको पास सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट उत्कृष्ट गोल गरेका थिए ।
श्रीलंकाविरुद्ध नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पहेलो कार्ड पाएका छन् । यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
श्रीलंकाविरुद्ध नेपाली टोली , किरणकुमार लिम्बू , सुमन अर्याल, अनन्त तामाङ, रोहित चन्द, गौतम श्रेष्ठ, पुजन उपरकोटी, विशाल राई, तेज तामाङ, अन्जन बिष्ट, सुमन लामा, नवयुग श्रेष्ठ


