शुक्रबार, भाद्र २६ गते २०८३
images

लगातार दोस्रो जित निकाल्दै नेपाल शीर्ष स्थानमा

एक्सप्रेस पाना
आश्विन १९, २०७८ मंगलबार
  • 308
    SHARES
  • लगातार दोस्रो जित निकाल्दै नेपाल शीर्ष स्थानमा

    असोज १८ काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को दोस्रो खेलमा श्रीलंकालाई हराउँदै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

    images

    सोमबार मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा श्रीलंकालाई ३-२ ले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो ।

    नेपालको जितमा पहिलो हाफमा सुमन लामा र दोस्रो हाफमा अन्जन विष्ट र आयुष घलानले १/१ गोल गरे । श्रीलंकाका मर्विन ह्यामिल्टन र डिलन दे सिल्भाले गोलअन्तर घटाएका थिए ।

    images

    उक्त जितसँगै नेपालले २ खेलबाट ६ अंक बनाएको छ । यता पराजित श्रीलंका भने लगातार दोस्रो खेलमा पराजित भएको छ ।