बिहीबार , कार्तिक २० गते २०८३
images
images

गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

एक्सप्रेस पाना
भाद्र २५, २०८१ मंगलबार
  • 212
    SHARES
  • गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार  केन्द्रले राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

    काठमाडौं । शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ । 

    images

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रबीच सबै खेलाडीको हरेक वर्ष मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता भएको हो ।

     पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुरुआत गरिएको हो ।

    images

    कार्यक्रममा मन्त्री पौडेलले खेलाडीको स्वास्थ्य परीक्षणसम्बन्धी कार्यक्रमका लागि अर्को वर्ष थप स्रोत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    यस्तै युवा तथा खेलकुदमन्त्री चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको जनाउँदै यसबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका सात सय ५७ जना खेलाडी लाभान्वित हुने बताए ।