शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘सानो संसार’को ट्रेलर सार्वजनिक

एक्सप्रेस पाना
भाद्र २६, २०८१ बुधबार
  • 287
    SHARES
  • चलचित्र ‘सानो संसार’को ट्रेलर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘सानो संसार’को ट्रेलर सार्वजनिक भएको छ । 

    images

    मंगलबार सार्वजनिक भएको ट्रेलरले मध्यमवर्गीय परिवारको संघर्ष, विदेश मोह, सन्तानलाई विदेश पठाउने अभिभावकले गरेको संघर्षलाई प्रस्तुत गरेको छ ।

    असोज ११ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई अर्जुनकुमारले निर्माण गरेका छन् । 

    images

    पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रलाई सिद्धार्थ पुडासैनीले लेखन तथा निर्देशन गरेका हुन् । 

    चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ । उनीसँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ । 

     

  • सम्बन्धित विषय:

  • # ‘सानो संसार’