काठमाडौं । एन्फा महिला फुटबल लिग–२०८१ मा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ ।
बुधबार सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिस क्लबले कोशीलाई ४–० ले पराजित गरेको हो ।
पुलिसका लागि अनुशका शेर्पा, निर्मला उपाध्याय, सम्झाना लावती र अमृता जैशीले गोल गरेका हुन् ।
यससँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलमा ३ जितसहित पुलिस १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । पराजित भएको कोशी भने दोस्रो स्थानमा झरेको छ । ४ खेलबाट कोशीले ९ अंक हासिल गरेको छ ।


