काठमाडौं । मनकामना केवलकारको सेवा आगामी असोज १ गते देखि पुन सुरु हुने भएको छ ।
केवलकार संचालक कम्पनी मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै असोज १ गतेदेखि केवलकार डिजिटल प्रणालीबाट संचालमा आउने जनाएको हो ।
गत असार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
कम्पनीले हालसम्म एनालग अपरेटिङ सिस्टमबाट संचालन गर्दै आएको उक्त केवलकार डिजिटल डि कनेक्ट सिस्टममा अपग्रेड गरिसकेको छ । कम्पनीले यसकै लागि केहि महिना सेवा नै बन्द गरेको थियो ।
मनकामना दर्शन प्रालि पर्यटन विधामा सबैभन्दा बढी कर तिर्ने करदाताको रूपमा नेपाल सरकारबाट पटकपटक सम्मानित पनि भएको छ ।
.jpg)


