सोमबार, भाद्र २९ गते २०८३
images

पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशालाई सरकारले गर्‍यो ६५ लाख नगदसहित सम्मान

एक्सप्रेस पाना
भाद्र २८, २०८१ शुक्रबार
  • 218
    SHARES
  • पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशालाई सरकारले गर्‍यो ६५ लाख नगदसहित सम्मान

    काठमाडौं । सरकारले पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख नगदसहित सम्मान गरेको छ।

    images

    शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमा आयोजित एक कार्यक्रमकाबीच पलेशालाई सम्मान गरिएको हो। 

    त्यस्तै, खेल प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार र टीम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ। 

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता गोवर्द्धनसहित प्रशिक्षकहरूलाई नगद र प्रशंसापत्रसहित सम्मान गरेका हुन्।


    राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रदान गरिएको यो पुरस्कारमा लाग्ने कर छुट गरिने निर्णय यसअघि मन्त्रिपरिषद्ले गरेको थियो। 

    पलेसाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन्। 

  • सम्बन्धित विषय:

  • # पेरिस पारा ओलम्पिक