काठमाडौं । चलचित्र‘रंगी’मा पूर्वमिस नेपाल नम्रता श्रेष्ठ अनुबन्ध भएकी छन्।
सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा बन्ने चलचित्रको प्रस्तुतकर्ता अभिनेता सलोन बस्नेत हुन्।
‘रंगी’बाट नम्रताले चलचित्र क्षेत्रमा ‘डेब्यु’ गर्न लागेकी हुन् ।
चलचित्रलाई सुरेश न्यौपानले निर्देशन गर्ने छन् भने सक्षम सुवेदीको निर्माण रहनेछ ।
यसअघि निर्माण पक्षले चलचित्रको टाइटल पोस्टर सार्वजनिक गरेको छ। जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ। उनीहरू बाबु–छोरी रहेको अनुमान लगाउन सकिन्छ।
पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ। चलचित्रले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ।
चलचित्रमा सुमन गजमेरको लेखन रहेको छ भने सौरभ लामा छायाकारका रूपमा अनुबन्ध भइसकेका छन्।


