बिहीबार , कार्तिक २० गते २०८३
images
images

बाग्लुङमा भएको सवारी दुर्घटनाप्रति अध्यक्ष दाहालद्वारा दुःख व्यक्त

एक्सप्रेस पाना
भाद्र २८, २०८१ शुक्रबार
  • 219
    SHARES
  • बाग्लुङमा भएको सवारी दुर्घटनाप्रति अध्यक्ष दाहालद्वारा दुःख व्यक्त

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तीन जनाको ज्यान जाने गरी बाग्लुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    images

    उनले आफ्नो पार्टीका महिला नेता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उनकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बाग्लुङमा भएको सवारी दुर्घटनामा निधन भएको खबरले स्तब्ध बनाएको बताएका छन् ।

    अध्यक्ष दाहालले उनीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

    images