बिहीबार , कार्तिक २० गते २०८३
images
images

इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित

एक्सप्रेस पाना
भाद्र ३०, २०८१ आइतबार
  • 204
    SHARES
  • इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित

    काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन् ।

    images

    गएराति सम्पन्न निर्वाचन परिणामअनुसार बराल प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई २ हजार ७२ मतले हराउँदै विजयी भएका हुन् ।

    बराल ४ हजार ८ सय ४२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी पाण्डेले २ हजार ८ सय १० मत ल्याएका थिए । विजयी बराल कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)मा आवद्ध थिए । चुनावमा अधिकांश सिडेनका उम्मेदवार निर्वाचित भएका छन् ।

    images

    उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    यसैगरी, सदस्यमा रामकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार शाह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियङ्का गुप्ता र जयकिसुन राय निर्वाचित भएका छन् ।

  • सम्बन्धित विषय:

  • # सुवासचन्द्र बराल
  • # नेपाल इन्जिनियर्स एशोसिएशन