काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ।
सोमबार माल्दिभ्सको राजधानी मालेमा भएको खेलमा पुलिसले श्रीलंका एयर फोर्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै जित निकालेको हो ।
पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२०, तेस्रो २५–२१ ले आफ्नो पक्षमा पार्यो।
यसअघि पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सेटमै पराजित गरेको थियो।
प्रतियोगिताको तेस्रो खेलमा पुलिसले मंगलबार ताजकिस्तानको भिसी डाइमेडसँग प्रतिस्पर्धा गर्नेछ ।


