शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘ मिसिङः केटी हराएको सूचना’को पहिलो गीतमा सृष्टि र नाजिर फिचर्ड

एक्सप्रेस पाना
आश्विन ६, २०८१ आइतबार
  • 328
    SHARES
  • चलचित्र ‘ मिसिङः केटी हराएको सूचना’को पहिलो गीतमा सृष्टि र नाजिर फिचर्ड

    काठमाडौं । चलचित्र ‘ मिसिङ :केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक गरिएको छ । 

    images

    निर्माणपक्षले आइतबार सार्वजनिक गरेको ‘हेर्दै जाउँ’ बोलको गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको छ । 

    गीतमा संजोगले अचानक भएको भेट, बेठेगान र बेहिसाब जिन्दगी कता जान्छ भन्ने निश्चित नरहेको एक युवक र युवतीको कथा प्रस्तुत गरिएको छ । गीतका यिनै भाव बोल्ने भिडियोमा चलचित्रका मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेन फिचर्ड छन् । 

    images

    चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको संबादरहित टिजर यसअघि नै सार्वजनिक भइसकेको छ । 

    यो चलचित्रको निर्देशन करिब ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले गरेका छन् । निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको सिनेमालाई अमर महर्जनले खिचेका छन् ।

    उनी स्वयं निर्माता रहेको सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ ।

     

  • सम्बन्धित विषय:

  • # मिसिङः केटी हराएको सूचना