बिहीबार , कार्तिक २० गते २०८३
images
images

माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ती पक्राउ

एक्सप्रेस पाना
आश्विन ७, २०८१ सोमबार
  • 200
    SHARES
  • माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ती पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बर्दिया बढैयाताल गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ४३ वर्षीय नरेन्द्र कुमार वलीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

    images

    वलीले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका–३ बाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # माल्दिभ्स
  • # ठगी