काठमाडौं । एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङलाई भव्य स्वागत गरिएको छ।
चीनको हाङझाओ शहरमा आयोजित प्रतियोगितामा रजत पदक जितेर मंगलबार स्वदेश फर्किएकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
उनीसँगै एसियन जुनियर कराते च्याम्पियनसिप र एसियन पारा कराते च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई स्वागत गरिएको छ ।
उनले फाइनलमा भियतनामी खेलाडीसँग पराजित हुन पुगेकि हुन् । एरिकाले सेमिफाइनल जितेर ऐतिहासिक सफलता प्राप्त गरेकी थिइन्। एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन्। उनले जितेको रजत पदक नेपालका लागि ऐतिहासिक हो ।
एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन ।




