बिहीबार , कार्तिक २० गते २०८३
images
images

यस वर्षको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

एक्सप्रेस पाना
आश्विन ८, २०८१ मंगलबार
  • 348
    SHARES
  • यस वर्षको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

    काठमाडौं । प्रत्येक बर्ष चाडपर्वमा काठमाडौं उपत्यकाबाट लाखौँ मानिसहरु बाहिरिने गर्दछन् । 

    images

    यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयकाअनुसार मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको छ । अघिल्लो वर्ष १३ लाखको सङ्ख्यामा सर्वसाधारणहरू उपत्यकाबाट बाहिरिएका थिए । 

    उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले चाडपर्वका बेलामा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्नसक्ने भएकाले सो विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको छ ।

    images

    प्रवक्ता खड्काले भने, ‘सडक राम्रो नहुनु, सवारी साधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपसार गर्नु, बिग्रिएका सवारी साधनहरू पनि सञ्चालन गर्नुलगायतका कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।’

    खड्काकाअनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दशैंमा सजकतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन आफूहरू लागिपर्ने उनले बताए।

  • सम्बन्धित विषय:

  • # चाडपर्व