आइतबार, भाद्र २८ गते २०८३
images

दिपल गाडीको ब्रान्ड एम्बेसडरमा पूर्वक्रिकेटर पारस खड्का

एक्सप्रेस पाना
आश्विन ९, २०८१ बुधबार
  • 348
    SHARES
  • दिपल गाडीको ब्रान्ड एम्बेसडरमा पूर्वक्रिकेटर पारस खड्का

    काठमाडौं । दिपल गाडीको ब्रान्ड एम्बेसडरमा पुर्वक्रिकेटर तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कालाई नियुक्त गरेको छ ।

    images

    काठमाडौंस्थित होटल मेरियटमा मंगलबार आयोजित एक विशेष समारोहमा नेपालको लागि दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले खड्कालाई ब्रान्ड एम्बेसडर बनाएको हो ।

    चिनियाँ सवारी निर्माता चांगन अटो ग्रुपले तयार गरेको विद्युतीय गाडी दिपल नेपालमा पनि छोटो समयमै लोकप्रिय बनिसकेको छ । 

    images

    खड्काले दिपलको ब्रान्ड एम्बेसडर बन्दा खुसी व्यक्त गर्दै यसको प्रचारको लागि कुनै कसुर बाँकी नराख्ने बताए । दिपलका गाडीमा समावेश भएको फिचर अनुसारको मूल्य पनि उपयुक्त रहेको खड्काले जानकारी दिए । खड्का यसअघि महिन्द्रा गाडीको ब्रान्ड एम्बेसडर रहेका थिए ।

    कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले खड्कालाई दिपल ईभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा खुसी लागेको बताएका हुन् ।

     

  • सम्बन्धित विषय:

  • # पारस खड्का
  • # दिपल गाडी
  • # ब्रान्ड एम्बेसडर