काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आसपासको क्षेत्रमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन दिएको छ ।
बिहिबार एक सुचना सार्वजानिक गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने क्षेत्रमा चंगा, ड्रोन, बेलुन तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने जनाएको हो ।
कार्यालयले कसैले सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिएको छ ।

.jpg)


