सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

एक्सप्रेस पाना
आश्विन १०, २०८१ बिहीबार
  • 432
    SHARES
  • प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

    काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ ।

    images

    मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ ।

    मौसममा खराबी आएको कारण दुई विमान ‘डाइभर्ट’ भएको  विमानस्थलले जनाएको छ । काठमाडौँबाट सिमराका लागि उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौँ फकिर्एको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

    images

    मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # प्रतिकूल मौसम
  • # त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल