काठमाडौं । कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुुसार बिहीबार बेलुका विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।
बस खसेको जानकारी आएपछि प्रहरी टोली घटनास्थल तर्फ जादैँ गरेको बताइएको छ । बसबाट २० जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । घटनाको थप विवरण भने आउन बाकी रहेको छ ।
.jpg)


