सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

एक्सप्रेस पाना
आश्विन ११, २०८१ शुक्रबार
  • 348
    SHARES
  • प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

    काठमाडौं । निरन्तरको बर्षाका कारण आज हवाई उडान प्रभावित भएको छ ।

    images

    त्रिभुवन विमानस्थलका अनुसार मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले उडानहरू प्रभावित भएको  छ । 

    त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् ।

    images

    आजको माउण्टेन फ्लाइटहरु पनि रद्द गरिएको छ । काठमाडौं लगायत देशभर बिहिबारदेखी निरन्तर पानी परेको छ । 

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर पानी पर्ने सम्भावना छ भने शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुने पूर्वानुमान गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # खराब मौसम
  • # हवाई उडान प्रभावित