बिहीबार , कार्तिक २० गते २०८३
images
images

नारायणगढ–मुग्लिन सडकखण्डमा आज राति सवारीसाधन चलाउन रोक

एक्सप्रेस पाना
आश्विन ११, २०८१ शुक्रबार
  • 310
    SHARES
  • नारायणगढ–मुग्लिन सडकखण्डमा आज राति सवारीसाधन चलाउन रोक

    काठमाडौं । लगातारको वर्षाका कारण आज (शुक्रवार) राति नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

    images

    अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै जिल्ला सुरक्षा समितिको बैठकले सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारीसाधन चलाउन नदिने निर्णय गरेको हो ।

    images

    यादवका अनुसार शुक्रवार बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन पाइने छैन । अत्यावश्यक सवारी भने सञ्चालन हुन बताइएको छ । 

     

  • सम्बन्धित विषय:

  • # नारायणगढ–मुग्लिन सडक
  • # सवारीसाधन चलाउन रोक