सोमबार, कार्तिक १७ गते २०८३
images
images

भोलि बिहानसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित

एक्सप्रेस पाना
आश्विन ११, २०८१ शुक्रबार
  • 486
    SHARES
  • भोलि बिहानसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसममा आएको खराबीका कारण शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ ।

    images

    प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान  शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।

    प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ प्राधिकरणद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
  • # उडान स्थगित