बिहीबार , कार्तिक २० गते २०८३
images
images

कुलेखानी ड्याम भरिएपछी खोलियो ढोका,सतर्कता अपनाउन आग्रह

एक्सप्रेस पाना
आश्विन १२, २०८१ शनिबार
  • 281
    SHARES
  • कुलेखानी ड्याम भरिएपछी खोलियो ढोका,सतर्कता अपनाउन आग्रह

    काठमाडौं । कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि बाँधको ढोका खोलिएको छ ।

    images

    अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएराती देखि साइरनसहित ओभरफ्लो भएपछी आज बिहान ढोका खोलिएको हो ।  

    हाल एउटा ढोका खोलिएको र आवश्यकता अनुसार पानी खोलिदै जाने बताइएको छ । 

    images

    कुलेखानी बाँधदेखि तल मकवानपुरको सिस्नेरी, ठिंगन वेसी, फापरबारी, राईगाउँ हुँदै सिन्धुली, रौतहट र सर्लाहीका वागमती नदी किनाराका बस्तीहरूमा बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू हाइ एलर्टमा रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो । जलाशयमा पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाइएको छ ।

  • सम्बन्धित विषय:

  • # कुलेखानी ड्याम