काठमाडौं । काठमाडौँ महानगरपालिकाले बाढी र डुबानमा फसेकाहरूको उद्धारका लागि नगर प्रहरीका १७ टोली परिचालन गरेको छ ।
निरन्तर वर्षाका कारण काठमाडौँ उपत्यकाभरी सिर्जना भएको विपद् व्यवस्थापन गर्न १७ वटा नगर प्रहरीको टोलीमा ३ सय जना संलग्न रहेको मेयर बालेन्द्र शाह बालेनले जानकारी दिएका छन्।
मेयर शाहका अनुसार वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुलेश्वर, कपुरधारा, जडीबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमूल, न्युरोड, गणेशस्थानलगायत स्थानका समस्या समाधान भइरहेको छ।
उनले भनेका छन्, ‘टोलीहरू डुबान भएका बस्ती, नदी किनारा, रूख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेका छने’, । ‘स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरेको छौँ।
मेयर शाहले डुबान, कटान, बाढी, पहिरोको जोखिम भए काठमाडौँ महानगरपालिकाका हटलाइन १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन अनुरोध गरेका छन्।
साथै आपत्कालीन अवस्थामा अस्पताल जानुपरे निःशुल्क एम्बुलेन्स प्रयोग का लागि १०२ मा फोन गर्न मेयर शाहले सूचना जारी गरेका छन्।

.jpg)


