बिहीबार , कार्तिक २० गते २०८३
images
images

अहिले चलिरहेका सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय

एक्सप्रेस पाना
आश्विन १२, २०८१ शनिबार
  • 263
    SHARES
  • अहिले चलिरहेका सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले अहिले चलिरहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ। 

    images

    शनिबार दिउँसो प्रधानमन्त्री कार्यालयमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन् । 

    गुरुङले भने,‘अहिले सञ्चालन भइरहेको परीक्षाहरू स्थगित गर्ने निर्णय भएको छ’ । 

    images

    साथै, उनले बाढी पहिरोमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको बताए। 

    देशभर अवरुद्ध भएका सडक सञ्जालहश खोल्नका लागि पनि भौतिक, पूर्वाधार मन्त्रालयले आवश्यक पहल गर्ने निर्णय भएको गुरुङले जानकारी दिए। 

  • सम्बन्धित विषय:

  • # परीक्षाहरू स्थगित