बिहीबार , कार्तिक २० गते २०८३
images
images

बाढी, पहिरो र डुबानमा परी हालसम्म मृत्यु हुनेको संख्या १०० पुग्यो

एक्सप्रेस पाना
आश्विन १३, २०८१ आइतबार
  • 363
    SHARES
  • बाढी, पहिरो र डुबानमा परी हालसम्म मृत्यु हुनेको संख्या १०० पुग्यो

    काठमाडौं ।अविरल वर्षापछि आएको बाढी, पहिरो तथा डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन्। विपद्मा परी १ सय १ जना घाइते भएका छन्।

    images

    यो समाचार तयार पार्दासम्म बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुर ७, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बुमा ५, पाँचथरमा ५, भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन्।

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३, सिन्धुलीमा २, धनकुटामा २, महोत्तरीमा २, रामेछापमा १, झापामा १, उदयपुरमा १, इलाममा १, सप्तरीमा १ र नुवाकोटमा १ जनाको मृत्यु भएको छ।

    images


    बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९ हजार ९ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएको र हालसम्म ३ हजार ३९ जनाको उद्धार गरिएको उनले जानकारी दिए।

     

     

  • सम्बन्धित विषय:

  • # बाढी, पहिरो र डुबान