काठमाडौं । गोरखाको लापुवेशीबाट काठमाडौँ जाँदा हराएको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा पुरिएको पुष्टि भएको छ ।
सो बसबाट तीन जनाको शव निकालिएको प्रहरीले जनाएको छ । दरौँदी यातायात सेवा कम्पनी प्रालिको ना४ख २२७० नम्बरको बस शुक्रबार काठमाडौँ जानेक्रममा हराएको थियो ।
कम्पनी अध्यक्ष नारायण खत्रीले बस शुक्रबार राति करिब १० बजे धादिङको खानीखोला पुगेको जानकारी पाइए पनि त्यसपछि चालक र अन्य कर्मचारी कसैसँग पनि सम्पर्क हुन नसकेको बताएका थिए ।
आइतबार बिहान झ्याप्ले खोलामा पुरिएको गोरखाको बस र चितवनको हायसबाट अहिलेसम्म ७ जनाको शव निकालिएको छ ।
.jpg)


