काठमाडौं । धादिङको झ्याप्लेखोलामा गएको पहिरोमा परी अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ ।
झ्याप्लेखोलामा परेका गोरखा, चितवन र बुटवलबाट काठमाडौं आउँदै गरेका बसबाट हालसम्म ३५ जनाको शव फेला पारेको प्रहरीले जनाएको छ । शनिबार राति १४ र आइतबार बिहान २१ जनाको शव निकालिएको हो ।
घटनास्थलमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
.jpg)


