काठमाडौं । धादिङको झ्याप्ले खोला पहिरोमा पुरिएको गोरखाको बसबाट पाँचजनाको शव निकालिएको छ ।
शुक्रबार गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको बस धादिङको झ्याप्ले खोलामा पुरिएको अवस्थामा भेटिएको थियो उक्त बसबाट पाँचजनाको शव निकालिएको गोरखा दरौँदी यातायात सेवा प्रालिका अञ्जन खत्रीले जानकारी दिएका हुन् ।
आइतबार उद्धारका क्रममा बसका धनी तथा चालक भिमसेन थापा गाउँपालिका–४ धावाका मदन परियार, चालक दलका धावा घर भएका विनय भट्टराई र फुजेलका नवराज तिवारी, धार्चे गाउँपालिका–७ का सुकबहादुर गुरुङको शव भेटिएको उनले बताए ।
अर्का यात्रुको भने पहिचान खुल्न सकेको छैन । लापुवेशीबाट छुटेको बस शुक्रबार रातिबाट सम्पर्कविहीन भएको थियो ।
.jpg)


