काठमाडौं । धादिङको झ्याप्लेखोलामा गएको पहिरो हटाएसँगै दुईतर्फी सडक सञ्चालनमा आएको छ ।
पहिरो पन्छाएसँगै आइतबार साँझ साढे ७ बजेबाट सडक सञ्चालनमा आएको सशस्त्र प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने र काठमाडौँ भित्रिने सवारी ठप्प भएका थिए । धादिङ जिल्लाको धुनिबेँसी नगरपालिका–९ को झ्याप्लेखोलामा पहिरोले पुरिएको अवस्थामा ३५ जनाको शव भेटिएको थियो ।
.jpg)


