काठमाडौं । टी–२० आईसीसी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपालले क्यानडाको सामना गर्दैछ ।
क्यानडाको किंग सिटीमा हुने खेल राति पौने १० बजे सुरु हुनेछ।
सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको क्यानडा नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनामा छ भने ओमानलाई ३७ रनले हराएको नेपाल सिरिजमा दोस्रो जित निकाल्ने दाउमा छ।
त्रिकोणात्मक सिरिजमा समान २ खेल खेलेको नेपाल एक खेलमा जित र एक खेलमा हार व्यहोरर्दै २ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। समान खेल र नतिजाबाट ओमान दोस्रो र क्यानडा तेस्रो स्थानमा छ।


