बिहीबार , कार्तिक २० गते २०८३
images
images

बाढि,पहिरोले सडक अवरुद्ध हुदाँ हवाइ उडानमा यात्रुहरुको चाप,सोमबार एकैदिन साढे ५ सय उडान

एक्सप्रेस पाना
आश्विन १५, २०८१ मंगलबार
  • 254
    SHARES
  • बाढि,पहिरोले सडक अवरुद्ध हुदाँ हवाइ उडानमा यात्रुहरुको चाप,सोमबार एकैदिन साढे ५ सय उडान

    काठमाडौं । अविरल बर्षाको कारण आएको बाढि ,पहिरोले सडक अवरुद्ध हुदा त्रिभुवन विमानस्थलबाट दैनिक साढे पाँचसय उडान हुन थालेका छन्। सडक यातायात अवरुद्ध भएको र मुख्य चाडपर्वसमेत सुरु भएपछि हवाई यातायातको चाँप बढेको हो। 

    images

    विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाकाअनुसार सोमबार त्रिभुवन विमानस्थलबाट ५५९ उडान तथा अवरण भएका छन्। ति मध्ये आन्तरिक उडान २२७  र अवतरण २२१ भएका छन्। यसमा हेलिकप्टरको उडान तथा अवरणसमेत समावेश छ।

    अन्तर्राष्ट्रिय तर्फ ५५ वटा बाहिर जाँदा ५६ जहाजले त्रिभुवन विमानस्थलमा अवरण गरेका छन्। 

    images

    ठूलो वर्षातपछि आएको बाढी पहिरोले असोज ११ देखि सडक यातायात बन्द छ। मौसममा आएको प्रतिकूलताको कारण करिब ३ दिन आन्तरिक उडान सहज रुपमा चलेको थिएन । 

    त्यसले पनि आइतबार र सोमबार आन्तरिक उडानमा चाँप बढेको छ। मंगलबारसमेत सोमबार जत्तिकै उडान तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # हवाइ उडान