सोमबार, कार्तिक १७ गते २०८३
images
images

जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ

एक्सप्रेस पाना
आश्विन १६, २०८१ बुधबार
  • 333
    SHARES
  • जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ

    काठमाडौं । जुवा खेलिरहेको अवस्थामा २९ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । 

    images

    काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–६ घर भएका ४२ वर्षीय राम शरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका–६ घर भई काठमाडौं बौद्ध बस्ने २८ वर्षीय सोम बहादुर तामाङ समेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको हो ।

    यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटी लाईफ बेकरीस्थित अनिता राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका–२ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित पक्राउ गरेको हो । 

    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

  • सम्बन्धित विषय:

  • # पक्राउ