आइतबार, भाद्र २८ गते २०८३
images

टी २० अलराउण्डरको विश्व वरियतामा दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा

एक्सप्रेस पाना
आश्विन १६, २०८१ बुधबार
  • 464
    SHARES
  • टी २० अलराउण्डरको विश्व वरियतामा दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा

    काठमाडौं । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमा उक्लिएका छन् ।

    images

    आईसीसीले जारी गरेको वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।

    अलराउण्डरतर्फ टी२० आईमा शीर्षस्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन् भने दोस्रो स्थानमा छन् । लिभिङस्टोनको रेटिङ २५३ र दीपेन्द्रको २३० छ । 

    images

    टी–२० आई अलराउण्डरको तेस्रो स्थानमा अष्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा श्रीलंका वानिन्दु हसरंगा र छैटौं स्थानमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।

    टी–२० अलराउन्डरतर्फ कुशल मल्ल ६ स्थान तल झर्दै ४० औं स्थानमा छन् । गुल्सन झाले एकै पटक ११ स्थान सुधार गरेका छन् ।

    गुल्सन, रोहित पौडेल र इंग्ल्यान्सका साम करन समान ६८ रेटिङका साथ ५३ औं स्थानमा छन् । त्यस्तै अलराउन्डरतर्फ कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ६० औं स्थानमा छन् । करण केसी ७१ औं स्थानमा यथावत छन् ।

  • सम्बन्धित विषय:

  • # टी २० अलराउण्डर
  • # दीपेन्द्रसिंह ऐ