काठमाडौं । आज रातिदेखि २०२६ डाइभर्सिटी भिसा (डीभी) खुल्ला भएको छ ।
अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटदेखि नेपालीले फारम भर्न सक्नेछन् ।
दूतावासले डिभी कार्यक्रमका लागि हुने छनोट योग्य आवेदकहरूमध्येबाट निष्पक्ष रूपमा गरिने हुँदा प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउन अनुरोध गरेको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासको भनाई छ ।
डीभीको फारम बुधबार रातिदेखि ५ नोभेम्बरसम्म भर्न सकिनेछ । आवेदनका लागि कुनै शुल्क लाग्ने छैन ।
तपाईंको फोटो पछिल्लो ६ महिनाभित्रको हुनुपर्छ । अघिल्लो वर्षको फोटो पुनः प्रयोग गर्नुहुँदैन । त्यस्तै, तपाई)ले आफ्नो आवेदनमा आफ्नो पति÷पत्नी र २१ वर्षभन्दा कम उमेरका सबै अविवाहित सन्तानहरूको जानकारी राख्नुपर्ने हुन्छ ।
.jpg)


