आइतबार, भाद्र २८ गते २०८३
images

युइएफए च्याम्पियन्सलिगमा लिभरपुलको लगातार दोस्रो जित

एक्सप्रेस पाना
आश्विन १७, २०८१ बिहीबार
  • 230
    SHARES
  • युइएफए च्याम्पियन्सलिगमा लिभरपुलको लगातार दोस्रो जित

    काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले इटालियन क्लब बोलोग्नालाई पराजित गरेको छ ।

    images

    गएराती सम्पन्न खेलमा लिभरपुलले बोलोग्नालाई २–० गोल अन्तरले पराजित गरेको छ ।

    लिभरपुलको जितमा एलेक्सिस म्याक अलिस्टर र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

    images

    यो जितपछि लिभरपुलले यस सिजनको च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ र लिभरपुलको २ खेलमा ६ अंक रहेको छ । त्यस्तै यो हारपछि बोलोग्नाको २ खेलमा एक अंक रहेको छ ।